संखुवासभा । झापाको दमक तर्फ जादै गरेको बा४ख ७३५ नम्बरको यात्रुवाहक वस संखुवासभाको मादीमा दुर्घटना हुँदा १४जनाले ज्यान गुमाएका छन ।

     संखुवासभाबाट झापाको दमक तर्फ गई रहेको यात्रुवाहक वस संखुवासभाको मादी नगरपालिका ६मा पर्ने सातघुम्तीमा  सडकबाट सात सय मिटर तल खस्दा भएको दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएका हुन भने ५ जना घाइते भएका छन ।

     विहान ७ बजेर ४५  मिनेटको समयमा भएको दुर्घटनामा परि मृत्यु भएका १४ जनाको दुर्घनास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 275065749_130382382847551_5134807110736484645_nमृत्यु हुनेमा अधिकाँस संखुवासभाकै भएको समेत प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले उल्लेख गरेको छ ।

तिव्र गतिका कारण दुर्घटनामा परेको प्रारभिक अनुमान गरिएको छ ।275606748_130382489514207_8152709849921570910_n दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा संखुवासभा मादी नगरपालिका ६का अञ्जना कटुवाल,  इन्द्रवहादुर अधिकारी ,  पाँच वर्षिया वालिका दिक्षा कटुवाल मादी ५का दिपक दाहाल, श्याम शेर्पा ,भवानी दाहाल , मादी ४का उमेश भट्टराई गाडीका सहचालक ,आइत बहादुर तामाङ्ग,सविता राउत कार्की र तेह्थुम औशीडाँडाका सवारी धनी विपीन निरौलाको सनाखत भएको छ भने एक पुरुष २  महिला र १ बालक गरी चार जनाको हाल सम्म सनाखत हुन नसकेकोे जनाइएको छ ।

  घाइतेहरुको चैनपुर अस्पताल र केहीलाई थप उपचारका लागि धरान तर्फ पठाइएको समेत स्थानीयले वताएका छन ।