इनरुवा । ११२औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुनसरी सदरमुकाम इनरुवामा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि मनाइयो ।    

   वैकल्पिक युवा संगठनको आयोजना तथा नवजात शिशु रोग विशेषज्ञ डा. फरेन्द्र साह, जनरल फिजिसियन डा. जानकी साहको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

   इमाम अद भुकारी शिक्षा केन्द्रमा सञ्चालन गरिएको शिविरमा ६०जना महिला ५० जना वालवालिका र २०जना पुरुष गरी कुल एक सय ३० जनाले शिविरबाट लाभ लिएको वैकल्पिक युवा संगठनका प्रमुख रोहन दंगालले जानकारी दिए । शिविरमा परिक्षण गराएकाहरुलाई औषधी हेरम्वा मेडिकल सप्लायस  र  रंगपुर मेडिकलले उपलव्ध गराएको पनि दंगालले वताए । शिविरमा वैकल्पिक महिला संगठनकी केन्द्रिय सदस्य मेनुका पौडेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । इनरुवाका स्थायी वासिन्दा डा. फरेन्द्र साहले समय समयमा इनरुवा तथा आसपासका क्षेत्रमा स्वास्थ्य शिविर लगायतका सामाजिक कार्य गर्दै आएका छन ।