मोरङ । पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटकका प्रयोगकर्ताहरुको रोजाईमा परेको मोरङको बेलवारीमा लगाईको क्यामोमाइल खेतीमा  फोटो खिच्ने तथा टिकटक वनाउनेहरुका कारण १० लाख जतिको क्षति भएको अनुमान गरिएको छ ।

 जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनि लिमिटेड शाखाले वेलवारीको वडा नम्बर ४मा लगाइएको बहुमुल्य जडिबुटी क्यामोमाइलको महत्व नबुझेर मनपरी रुपमा वाली भित्रै पस्ने टिपीदिन र माडी दिने जस्ता कार्यले १० लाख जतिको क्षति भएको कम्पनीले अनुमान गरेको हो ।

  मनोरञ्जनका लागि क्यामोमाइल लगाइएको क्षेत्रमा आएर जथाभावी बाली कुल्चने ,टिपिदिने जस्ता कार्यले गर्दा आफुहरुले लगाएको सातआठ लाख देखि १० लाख सम्मको क्षति भएको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनि लिमिटेड शाखाका प्रमुख कमल राई वताउछन ।vlcsnap-2022-03-09-14h21m51s365 यो क्षेत्रमा मनोरञ्जनका लागि आउने मानिसहरुको संख्या अत्याधिक वढेको र वाली नष्ट गर्ने काम समेत वढेपछि प्रशासनको समेत सहयोग लिनु परेको साथै अन्य काम छाडेर आफुहरु पनि फोटो खिच्न तथा टिकटक वनाउन आउनेहरुलाई बाली नोक्सान नगर्न भन्दै बारीमै आउने परेको समेत प्रमुख राईले दुखेसो गरे ।

केही दिन देखि सामाजिक सञ्जालमा छाइरहेको यस क्षेत्रमा फुलेको क्यामोमाइलका महत्वका विषयमा नवुझेर जथाभावी रुपमा नोक्सान गरिदिएको देख्दा आफुहरुलाई समेत दुख लागेको स्थानीय वताउछन ।vlcsnap-2022-03-09-14h21m38s994

  क्यामोमाइलको फूलको सौन्दर्यताले सामाजिक सञ्जालका लागी  मानिसहरुलाई आकर्षित गरेपनि फोटो खिच्ने र टिकटक वनाउनेहरुले यसको महत्व नवुझदा क्षति भई रहेको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनिको वुझाई रहेको छ । टाढाटाढा बाट समेत मानिसहरु फोटो खिच्न तथा टिकटक वनाउन आउने गरेर जथाभावी रुपमा फूल टिप्ने , भित्र पसेर क्षति पुर्रयाउन थालेपछि ठाउँठाउँमा त्यसो नगर्न आग्रह गर्दै सुचना समेत टाँसिएको छ । vlcsnap-2022-03-09-14h21m33s949

पुर्वपश्चिम राजमार्गसंगै रहेको तथा पर्यटकीय क्षेत्र वेतना सिममार नजिकै भएका कारण पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको नजरमा क्यामोमाइलको फूल परेको हो ।  क्यामोमाइलको फूलसंग रमाउन आएपनि क्षति नपुर्याउन  कम्पनीले आग्रह गर्दै आएको छ  ।