धनकुटा । धनकुटाको लेउती खोला क्षेत्रमा घाइते अवस्थामा फेला परेको रतुवा मृगलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मुलघाटले उद्धार गरी वन कार्यालयलाई वुझाएको छ ।

    साँगुरीगढी गाउँपालिका वडा नम्वर १ स्थित लेउती खोला क्षेत्रमा सशस्त्र प्रहरी वल वेश नजिकै घाइते अवस्थामा फेला परेको भाले रतुवा मृग सव डिभिजन वन कार्यालय भेडेटारलाई वुझाएको हो ।IMG-20220307-WA0010

  घाइते अवस्थामा उद्धार गरिएको रतुवा मृगलाई सव डिभिजन वन कार्यालय भेडेटारका वन रक्षक कुलप्रसाद निरौलालाई हस्तान्तरण गरिएको वेशका सशस्त्र प्रहरी निरीक्षक नारायण उप्रेतीले जानकारी दिए ।

 सशस्त्र प्रहरीको वेशले वुझाएको रतुवा मृगलाई सव डिभिजन वनले उपचार गरी संरक्षण प्रदान गर्दै आएको छ । 

मृग निको भएपछि वन क्षेत्रमा छोड्ने सव डिभिजन वनले जनाएको छ ।