इटहरी । रोटरी क्लवले सञ्चालन गर्ने गतिविधिका साथै रोटरी क्लवसंग सम्वन्धी विषयहरु नयाँ सदस्यहरुलाई जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको छ ।

    नेपालमै पहिलो पटक युगल जोडीहरु सदस्य रहेको  सुनसरीको इटहरीमा स्थापना भएको रोटरी क्लव अफ इटहरी युगलका पदाधिकारी तथा सदस्यहरुलाई रोटरी क्लवका विषयमा जानकारी गराउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीले प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरेको हो ।

  रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षता तथा आरआई डिष्ट्रिक ३२९२का गर्भनर वासुदेव गोल्यानको प्रमुख आतिथ्य रहेको थियो । IMG_0842

विनोद पौडेलको अध्यक्षतामा हालै गठन भएको रोटरी क्लव अफ इटहरी युगलका पदाधिकारी तथा सदस्यहरुलाई रोटरी क्लवका विषयमा किरण कर्ण , सुनिता अग्रवाल ,अनिता अधिकारी लगायतले प्रशिक्षण दिएका थिए ।

  रोटरी क्लव अन्तर्गत श्रीमान श्रीमती सदस्य रहेको पहिलो क्लवका रुपमा स्थापित रोटरी क्लव अफ इटहरी युगल स्थापना भएको छ । 

कार्यक्रममा रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्ष अनन्त विष्ट , लक्ष्मी थेवे , विजु बहिनी श्रेष्ठ,लक्ष्मी धिताल , सहित रोटरी क्लव अफ इटहरीमा आवद्ध चेतन धमला , माधव न्यौपाने,नटवर राठी लगायतको सहभागिता रहेको थियो ।