इटहरी । ११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुनसरीको इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५जनाले रक्तदान गरेका छन ।
संयुक्त महिला समुहको आयोजना रहेको रक्तदान कार्यक्रममा ६५ जना महिला पुरुषले रक्तदान गरेका हुन ।
लोकतन्त्र र न्यायका लागि आमा समुह , आमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तमुस्यो गुरुङ महिला जिल्ला परिषद सुनसरी , महिला सञ्जाल इटहरी लगायतका महिला आवद्ध ११ संघसंस्थाको संयुक्त आयोजना रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको आमा बचत तथा ऋण सहकारीकी अध्यक्ष कमला खडकाले जानकारी दिइन ।
विष्णुमाया गुरुङको संयोजकत्व कमलकुमारी राईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रममा नेपाली काँग्रेस इटहरी उपमहानगर समितिकी सहसचिव मेनुका गिरी , नेकपा एमाले इटहरी २०का अध्यक्ष हरि खतिवडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष महेन्द्र गिरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















