इटहरी । माया घर नेपालको सहयोगार्थ सञ्चालन भई रहेको श्रीमद् भागवत जिवन दर्शन ज्ञान महायज्ञमा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश भट्टले सहभागिता जनाएका छन ।

   गत शनिवारबाट सुरु भएको श्रीमद् भागवत जिवन दर्शन ज्ञान महायज्ञको निमन्त्रणामा  पशुपतिनाथ मन्दिरका मुल भट्ट इटहरी आएर सहभागिता जनाएका हुन ।IMG_0807

  माया घर नेपालले मानसिक रोगी तथा विभिन्न कारणले बेसाहारा भएर सडकमा जिवन विताउदै आएकाहरुलाई आश्रय दिदै आएको छ भने उनीहरुको संरक्षणका लागि अक्षय कोष स्थापना गर्ने उद्धेश्यले  श्रीमद् भागवत जिवन दर्शन ज्ञान महायज्ञ सञ्चालन गर्दै आएको छ ।vlcsnap-2022-03-06-16h16m08s465

   महायज्ञबाट एक करोड  संकलन गर्ने लक्ष्य राखिएको र सोही रकमबाट अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको माया घर नेपालकी सचिव सुभद्र्रा प्याकुरेलले जानकारी दिइन । यही फागुन २८ गते सम्म सञ्चालन हुने पुराणमा भागवतका साथै जिवन दर्शनका विषयमा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गरिरहेकी छन । वि.स.२०७४सालमा स्थापना भएको माया घर नेपालले हाल सम्म ४ हजार वढी मानिसहरुलाई संरक्षण  पुनरस्थापना , परिवार  मिलन गराई सकेको तथा हाल एक सय १५ जनालाई संरक्षण दिदै आएको जनाइएको छ ।