इटहरी । रोटरी क्लवको २५वर्ष प्रवेश गरेको अवसर पारेर रोटरी क्लव अफ इटहरीले एक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री  उपलव्ध गराएको छ ।

  इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा रहेको आधारभुत स्वास्थ्य केन्द्र लाई रोटरी क्लव अफ इटहरीले एक थान विरामीका लागि वेड लगायत स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।274857598_4858089730941379_7789936922711664063_n

   रोटरी क्लव अफ इटहरीले उपलव्ध गराएको विरामी वेड लगायतको सामाग्री एक कार्यक्रमका विच इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिक लाल चौधरीले वडा नम्बर ८का वडाध्यक्ष रोहित चौधरीलाई हस्तान्तरण गरे । 

रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइराला, रोटरी क्लवका संयोग पराजुली,चेतन धमला लगायतले  आधारभुत स्वास्थ्य केन्द्रका लागि नगरप्रमुख चौधरीलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएका थिए । 274860273_4858089784274707_6790636063516866839_n

सोही अवसरमा लामो समय देखि सामाजिक कार्यमा रोटरी क्लव अफ इटहरीले महत्वपुर्ण भुमिका खेल्दै आएको तथा आधारभुत स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामाग्री उपलव्ध गराएको भन्दै वडाको तर्फबाट प्रशंषा पत्र उपलव्ध गराइएको थियो । 

((