इटहरी । इटहरी क्षेत्र शिक्षा लगायतका क्षेत्रमा  लामो समय देखि काम गर्दै आएका वौद्धिक व्यक्तित्वहरुले आफुले हासिल गरेका अध्ययन अनुसन्धान र अनुभवलाई सकारात्मक उपलव्धी हासिल गर्ने गरी उपयोग गर्नु पर्ने धारणा राखेका छन ।

   शिक्षा लगायतका क्षेत्रमा लामो समय देखि काम गर्दै आएका १५जना विभिन्न विषयमा विद्यावारिधी गरेकाहरु सहितको भेलामा सहभागीहरुले सकारात्मक उपलव्धी प्राप्तीका लागि लाग्नु पर्ने वताएका हुन ।

   समाजमा बढ्दै गएको विकृति विसंगति भष्ट्रचार ,अस्थिरता प्रति चिन्ता व्यक्त गर्दै भेलामा सहभागी वौद्धिक व्यक्तित्वहरुले समाजको सकारात्मक परिर्वतन र सुधारका लागि आफनो पक्षबाट भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।IMG_0668

  इटहरीमा रहेको विश्व आर्दश कलेजले आयोजना गरेको विद्वद भेलामा भाषाविद प्रा.डा. टंक न्यौपानेले कुरा मात्र हैन काम गर्नु पर्नेमा जोड दिए । सभापतिको आसनबाट शिक्षाविद लेखनाथ घिमीरेले वौद्धिक व्यक्तित्वहरुको नियमित भेलाबाट समाज सुधारका कामहरु अघि वढाउन सकिने वताए ।

   प्रा.डा.केदार पौडेलले इटहरीलाई वौद्धिक व्यक्तित्वहरुको सहर निर्माणमा लाग्नु पर्नेमा वताए । कार्यक्रममा जनता वहुमुखी क्याम्पसकी प्रमुख डा. गिता अधिकारी ,डा.रामजी तिमल्सिना , डा. दिवाकर रेग्मी , डा.राधेश्याम राठी , डा.टोलनाथ काफ्ले ,डा.रमेश घिमीरे ,डा.तारा काफ्ले नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी सञ्चारकर्मीहरु सचिन पोखरेल,विराट अनुपम , चेतन धमला लगायतले आ आफ्नो धारणा राखेका थिए ।

विद्यावारिधी गरेका १५ जना सहितको सहभागितामा पहिलो पटक आयोजना गरेको विद्वद भेलालाई निरन्तरता दिदै समाजका लागि सकारात्मक र प्रभावकारी उपलव्धी प्राप्ती गर्ने कार्यका लागि डा.रामजी तिमल्सिनाको  संयोजकत्वमा सात सदसिय समिति समेत गठन गरियो ।