धनकुटा । अहिलेको वैज्ञानीक युगमा आइपुग्दा मानिसहरुमा आध्यात्मीक ज्ञान र चिन्तनमा कमी हुन थालेको पाइन्छ । मानिसमा आध्यात्मिक ज्ञानको कमी बढ्दै गएको समयमा अशान्ती र हिसांका घटनाहरुले प्रशय पाउन थालेका छन । त्यसैलाई मध्यनजर गर्दै परिवार समाज र राष्टको शान्तिको कामना सहित राजयोग र आध्यात्मिक ज्ञानका माध्यमबाट ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
अशान्ति र हिसां नियन्त्रण गर्न पनि आध्यात्मीक ज्ञानले ठुलो भुमीका खेल्ने संदेस प्रवाहमा समेत ब्रह्मकुमारी सेवा केन्द्र धनकुटाले समेत महत्वपुर्ण योगदान गर्दै आएको छ । मानिसको आध्यात्मीक ज्ञान र चेतनामा वृद्धि हुन थालेपछि नकारात्मक सोचमा पनि परिर्वतन भई सकारात्मक सोचको विकास हुने क्रम पनि बढेको छ ।
मानिसलाई नैतिकवान र चरित्रवान वनाउने कार्यमा अमृत वेला आँखा खोलेर वावाको ध्यान गर्दा , ज्ञान, योग, धारणा, सेवा चार विषय प्राप्त भएर मानिस सफल हुने ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र धनकुटाकी सञ्चालिका निर्मला दिदि वताउनु हुन्छ । विभिन्न चाडपर्वका समयमा आध्यात्मिक गतिविधिहरु गर्ने ब्रह्मा कुमारी राजयोग गीता पाठशालामा शिवरात्रीको अवसर पारेर झण्डोत्तोलन गरिएको छ । शिवरात्रीको समयमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रहरुमा झण्डा फहराउने गरे बमोजित यस पटक पनि झण्डा धनकुटामा वडा नम्बर ४का वडाध्यक्ष जमसेर राईको उपस्थितिमा झण्डा फहराइएको वताइएको छ ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाले सवै वर्ग धर्म ,संस्कृति , जातजातिका मानिसहरुलाई समेटेर आफना आध्यात्मीक ज्ञान र राज योग गराउदै आएको छ ।




















