इटहरी । प्रदेस नम्बर १का स्वास्थ्य मन्त्री जयराम यादवले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सकेको पछि सबै नेपालीको पहुच बढेको वताएका छन ।
सुनसरीको इटहरीमा किरात राई वान्तावा खिमको तेस्रो वार्षिक साधारण सभालाई सम्वोधन गर्दै पृथ्वी नारायण शाहले भुगोल एकीकरण गरेपनि सवै नेपालीको भावना एकीकरण गर्न नसकिरहेको अवस्थामा संघिय लोकतान्त्रिक गणन्तत्रको स्थापना भएपनि सबै नेपालको पहुँच वढेको वताएका हुन ।
मन्त्री यादवले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरि सकेपति आदिवासी ,जनजाति , महिला ,मधेशी , मुस्लीम लगायत सवैको पहुँच वृद्धि भएको भन्दै प्रदेश नम्वर १ पहिले देखि नै जातिय हिसावले बहुजाति भाषा भाषीको वसोवास गरेको क्षेत्र रहेको समेत वताए ।
किरात राई वान्तावा खिमका अध्यक्ष ज्ञान किरातीको अध्यक्षतामा भएको तेस्रो वार्षिक साधारण सभामा राई भाषाको पहिलो उपन्यास लेख्ने रामकुमार राईलाई प्रसाद राई साहित्य स्मृति पुरस्कारवाट पुरस्कृत गरियो । उपन्यासकार राईलाई नगद २०हजार र कदर पत्र सहित पुरस्कृत गरियो त्यसै गरी संस्कृति तथा इतिहासको अनुसन्धान तथा लेखनका क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै राजुकुमार राईलाई नगद २०हजार पाँच रुपैया सहित कदर पत्रले पुरस्कृत गरियो ।




















