इटहरी । नेपाली काँग्रेसको विधान बमोजिम पहिलो पटक वडा तहमा  टोल समिति गठन गर्ने नीति अनुसार सुनसरीको इटहरीमा पनि टोल समिति गठनले तिव्रता पाएको छ ।

   यही क्रममा  इटहरी उपमहानगरपालिका वडा नम्बर ८को पुर्वी गैसार र विवेकानन्द टोलको संयुक्त टोल समिति गठन गरिएको छ । सिता अधिकारीको अध्यक्षतामा पुर्वी गैसार र विवेकानन्द टोलको संयुक्त टोल समिति गठन गरिएको हो ।vlcsnap-2022-03-05-16h19m08s298

  समितिको उपाध्यक्ष ज्ञानेन्द्र पाण्डे ,लक्ष्मी कार्की सचिव चित्रा खड्का ,गिता घले सहसचिव पवित्रा डागी , वुधनारायण चौधरी कोषाध्यक्ष सुषमा गिरीलाई भेलाले सर्वसम्मत चयन गरेको छ । २३ सदस्य नयाँ कार्यसमितिको सदस्यहरुमा कमला कार्की ,सुशिला राई , अमर बन , अनवर मियाँ लगायत रहेका छन ।vlcsnap-2022-03-05-16h19m04s428

 नेपाली काँग्रेस वडा नम्बर ८का सभापति रोहित चौधरीको अध्यक्षतामा भएको टोल समिति गठन कार्यक्रम महाधिवेशन प्रतिनिधि पंक्षी वाइवा लगायतका नेताहरुको सहभागिता रहेको थियो  ।