इटहरी । आँखासंग प्रत्यक्ष छोडिने क्यामरा , कम्प्युटर ,मोवायल जस्ता प्रविधिहरुसंग नजिक भएर काम गर्ने सञ्चारकर्मीहरुको आँखाको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रेस युनियन सुनसरीले नि:शुल्क आँखा उपचार शिविर आयोजना गरेको छ ।
सुनसरीका पत्रकारहरुको हकहितका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको नेपाल प्रेस युनियनले सञ्चारकर्मीहरुको आँखा उपचारका लागि विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा कान उपचार शिविर आयोजना गरेको हो ।
सञ्चारकर्मी तथा सञ्चारकर्मीका परिवारका सदस्यहरुका लागि सञ्चालन गरिएको आँखा उपचार शिविरमा जिल्लाका धरान , इटहरी ,इनरुवा , रामधुनी , बराहक्षेत्र लगायतका ठाउँका सञ्चारकर्मी तथा परिवारले सेवा लिएका थिए । नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा भएको निःशुल्क आँखा उपचार शिविरमा आँखामा समस्या भएकाहरुलाई चस्मा तथा औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
राष्ट्रिय फोटो पत्रकार समुह सुनसरीको सह आयोजना रहेको आँखा तथा कान उपचार शिविरमा अग्रज पत्रकार हर्ष सुब्बा , कृष्णविनोद लम्साल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का सहित विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुले आँखा तथा कान जाँच गराएका थिए ।
कोरोना कहरका समयमा समेत प्रेस युनियनले पत्रकारहरुको कोरोना विमा , संक्रमितहरुका लागि मोवायल डाक्टर कार्यक्रम अन्तरगत चिकित्सक स्वास्थ्यकर्मी सहित औषधी तथा परामर्श सेवा समेत सञ्चालन गरेको थियो । त्यसै गरी पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका लागि मास्क ,सेनिटाइजर वितरण , खाद्यान्न राहतका देखि लिएर जिल्लाका सञ्चारकर्मीहरुका लागि दुर्घटना विमा समेत प्रेस युनियन सुनसरीले गराएको छ ।




















