इटहरी । बीपी संग्रहालय समिति सुन्दरीजलका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका नेता पर्शुराम पोखरेलले इटहरी वडा नम्बर ६ स्थित बीपी चोकमा नवस्थापित जननायक बिश्वेश्वरप्रसाद कोइरालाको अर्धकदको शालिकमा एक कार्यक्रमका बीच माल्यार्पण गर्नुृभएको छ । इटहरीको बीपी चाेकमा नवस्थापित बीपीकाे शालिकमा माल्यार्पण गर्ने अध्यक्ष पाेखरेल पहिलाे व्यक्ति हुनुहुन्छ ।
माल्यार्पण पछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष पोखरेलले नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको अध्ययन, राजनैतिक र संघर्षपूण जीवन लगायत समग्र बीपीवादको खोजी गर्दै भारतको गोरखपुर, कलकत्ता, बनारस लगायतका स्थान पुगेर इटहरी आइपुगेको बताउनु भयो । 

उहाँले बीपी कोइरालाको जीवनीसंग सम्बन्धित स्थलमा अवलोकन गर्ने, विभिन्न व्यक्तित्वहरुसंग जानकारी लिने साथै बीपीको समग्र विषयबस्तुलाइ जोडेर विशेष डकुमेन्ट्री निर्माणको कामको सन्दर्भमा आफ्नो नेतृत्वमा रहेको टोलीले भ्रमण गरिरहेको बताउनु भयो ।
सो अबसरमा गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, नागरिक समाज इटहरीका पूर्व अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिबश पोखरेल, इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारी, पूर्व अध्यक्ष माधव भट्टराइ लगायत स्थानीय सत्तचारकर्मीहरुसमेतको उपस्थिति रहेको थियो ।




















