इटहरी । श्रमिक महिला तथा किशोरीहरुलाई लैगिक हिंसा विरुद्धको जनचेतना कार्यक्रम तथा क्षमता विकास तालिम इटहरीमा सम्पन्न भएको छ ।
महिला सहयोगी समुह इटहरीको आयोजना र इटहरी उपमहानगरपालीकाको सहकार्यमा भएको सो तालिममा लक्षित वर्गका महिला तथा किशोरीहरुको क्षमता अभिबृद्धिका लागी तालिमको आयोजना गरेको हो ।
तालिममा सहजकर्ता मौसमी राईले सहजीकरण गरेको सो तालिममा इटहरी,खनार,झुम्काका लगायतका २५ जना महिलाहरुको सहभागीता रहेको थियो ।
सो तालिममा लैगिक हिंसा भनेको के हो कस्तोे हिंसाको कस्तो सजाय हुन्छ,क्षमता अभिबृद्धि गर्न के गर्ने कुन कुन निकायमा सेवाहरु छन आफुलाई हिंसा भयो भने काहाँ जाने लगायतको विषयमा समिक्षा गरिएको समुहकी कार्यकारी निर्देशक विमला मल्लले वताइन् ।




















