इटहरी । अपाङ्गता भएका मानिसहरुको क्षमता अभिवृद्धि तथा खेलकुदका गतिविधिहरु सञ्चालन गरि अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उद्धेश्यले सुनसरीको इटहरीमा ह्वीलचियर रन प्रतियोगिता सम्पन्न भएको छ ।
१४औं अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १को आयोजनामा ह्वीलचियर रन प्रतियोगिता सम्पन्न भएको हो ।
स्पाईनल इन्जुरी प्रदेश नम्बर १का अध्यक्ष तथा प्रतियोगिताका संयोजक विक्रम घिमीरेको अध्यक्षता तथा प्रदेश सभा सदस्य नवोदिता चौधरीको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भयो । पुरुष समुह तथा महिला समुह वनाएर आयोजना गरिएको प्रतियोगिताका विजयी खेलाडीहरु पुरस्कार वितरण गरियो ।
प्रतियोगिता अन्तरगत पुरुष तर्फ सप्तरीका विश्वकान्त चौधरी प्रथम , धरानका दिपेश विश्वकर्मा द्धितिय तथा इनरुवाका सन्देश चौधरी तृतिय भएका थिए । त्यसै गरी महिला काठमाडौंकी जानुका तामाङ प्रथम इटहरीकी दिपकला राई द्धितिय र विराटनगरकी चन्द्रिका सरदार तृतिय भएकी थिइन ।
विजयी खेलाडीहरुलाई कार्यक्रममा अतिथीहरु इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्का , इटहरी उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष निश्चल पोखरेल लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । कार्यक्रममै स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १लाई लवकुमार गुरुङले २१ हजार नगद सहयोग गरेका थिए ।
सो अवसरमा वोल्ने वक्ताहरुले सार्वजनिक प्रयोगका भौतिक संरचनाहरु अपाङ्गता मैत्री वनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १की उपाध्यक्ष भिमा खतिवडा , चेलिवेटी अपाङ्ग महिला संघ समाजकी अध्यक्ष दिलकुमारी राई , पुर्वाञ्चल अपाङ्गता वृद्धा सेवा केन्द्र अध्यक्ष तृप्ता मगर नेपाल रन युकेका अध्यक्ष सन्तोष राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















