इटहरी । मानसिक रोगी तथा सडक क्षेत्रबाट उद्धार गरेकाहरुलाई आश्रय दिदै आएको माया घर नेपालले आश्रितहरुको सेवाका लागि अक्षयकोषका स्थापनार्थ आयोजना गर्न लागेको पुराणको प्रचारप्रसारका लागि इटहरी वजार क्षेत्रमा सरसफाई गरिएको छ ।
मायाघर नेपालले यही फागुन २१ गते देखि २८ गते सम्म सञ्चालन गर्ने श्रीमदभागवत जिवन दर्शन महायज्ञको प्रचार प्रसारका साथै सरसफाईका विषयमा जनचेतना जगाउने उद्धेश्यले सरसफाइ गरिएको हो ।
सडक मानव वसोवास रहित बनाउने सरकारी योजनालाई सफल वनाउने काम गर्दै आएको मायाघर नेपालले आयोजन गर्न लागेको महायज्ञकै सन्र्दभमा सरसफाइको माध्यमबाट नगरवासिमा जनचेतना जगाउन सरसफाई कार्यक्रम गरिएको मायाघरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन ।
कार्यक्रममा सहभागी गायिका गंगा गौतमले मानव सेवाका लागि गरिने काममा सहभागी हुन पाउदा खुशी लागेको वताईन । सरसफाई कार्यक्रममा इटहरी क्षेत्रका सामाजिक क्षेत्रका अगुवाहरुका साथै विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहगिता रहेको थियो ।




















