इटहरी । हिन्दु धर्मालम्वीहरुको महान पर्व महाशिवरात्री पुर्वी नेपालका हिन्दुधर्मालम्वीहरुले समेत विशेष धुमधामका साथ भगवान शिवको पुजाआरधना गरेर मनाइरहेका छन । 

     विशेष गरी हिन्दुधर्मालम्वीहरुले शिवरात्रीका अवसरमा शिवालयहरुमा विहानै देखि पुजा आरधानाका साथै राती जाग्राम वसी मनाउने गरेका छन । अन्य वर्ष झै यस वर्षको शिवरात्री पनि इटहरीको राधाकृष्ण शिव मन्दिरमा  भक्तालुहरुले विशेष धुमधामका साथ पुजा अचर्ना गरिहेका हुन । मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुलाई पुजा अर्चनाका लागि सहज वनाउदै , भजनर्कितनका, धुनी , यज्ञ लगायतको व्यवस्था मिलाएको छ । 20220301_084711विगत वर्षमा कोरोना कहरका कारण केही कठिनाही भएपनि यस वर्ष स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर भक्तजनहरुलाई सहज वनाइएको  सचिव दिपक गौतमले वताए । शिवरात्रीका समयमा राधाकृष्ण शिव मन्दिरमा अष्ठजाम भजनर्कितन धुनी वाल्ने लगायतका कार्यक्रमहरु हुने गरेको समेत उनले जानकारी दिए । विहानै देखि मन्दिरमा पुजाअर्चनाका लागि भक्तजनहरुको भिड लागि रहेको छ । इटहरीको राधाकृष्ण शिव मन्दिर सहित प्रदेस नम्बर १का विभिन्न ठाउँमा रहेका शिवालयहरुमा महा शिवरात्रीको अवसर पारेर विशेष पुर्जा अर्चनाका लागि भक्तजनहरुको विहानै देखि घुइचो लागेको देखिन्छ । 20220301_084212अन्य समयमा समेत भगवान शिवको पुजाआरधना गरीने भएपनि शिव रात्रीलाई विशेष दिनका रुपमा मनाउने गरिन्छ। शिवरात्रीका अवसरमा विहानै देखि पुर्वी नेपालको खोटागंमा रहेको पुर्वका पशुपतिका नामले परिचीत हलेसी महादेव , सुनसरीको पिण्डेश्वर , रामधुनी , झापाको अर्जुनधारा लगायतका शिवालयहरुमा विहानै देखि पुजाआरधनाका लागि भक्तजनहरुको  भिड लागेको छ ।20220301_084125 पुर्वका पशुपतिनाथको संज्ञा पाएको हलेसी धाममा पुर्वी नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत देखिका तिर्थालुहरु आउने गरेका छन । यहाँ शिवरात्रीका अवसरमा विशेष मेला लाग्ने समेत गरेको छ त्यसै गरी सुनसरीको पिण्डेश्वर , झापाको अर्जुनधारा समेत छिमेकी मुलुक भारत देखिका तिर्थका साथै साधुसंन्तहरु शिवरात्रीका अवसर पारेर विशेष पुजाअर्चनाका लागि आउने गर्दछन ।