धादिङ । पाठीकोमात्र बली चढ्ने अनि कन्य केटा पुजारी रहेने धादिङमा रहेको बसाह मण्डली माई मन्दिर प्रचुर संभावना बोकेको धार्मिक पर्यटकीय क्षेत्र भएपनि प्रचार प्रसारको अभावमा ओझेल पर्दै आएको छ ।

   ज्वालामुखी गाउँपालिका वार्ड नम्वर ४ ढोलामा रहेको मन्दिरमा भाकल गरी पाठी बली चढाए चिताएको पुरा हुने विश्वास गरिने मन्दिर क्षेत्रको प्रचारप्रसार नहुदा सम्भावना हुदाँ हुदै ओझेलमा पदै आएको हो ।

    परापुर्वकालमा एक जनाले रुख काट्नेक्रममा रुखबाट रगत बगेकोर रुख नकटेको अनि सपनामा आफु देवी रहेको भन्दै उनै व्यक्तिलाई पुजाको व्यवस्था मिलाउन भनिएपछि सपनामा भने अनुसार पाठीको पुजा र १२ वर्ष मुनीका कन्य केटा पुजारी राखेर पुजा गर्न थालिएको स्थानीय कृष्णबहादुर पुलामी वताउछन ।vlcsnap-2022-02-23-13h40m54s368

   प्रत्येक मंगलवारका दिन ठुलो संख्यामा पाठीको बली र घन्टी चढाईने बसाह मण्डली माईको मन्दिरमा भाकल गरेर बली र घन्टी चढाउन पुजा अर्चनाका लागि टाढाटाढा देखि मानिसहरु आउने गरेपनि अपेक्षाकृत रुपमा प्रचारप्रसार हुन नसकेको धेरै वर्ष देखि बली चढाउदै आएका चितवनका रामकृष्ण दुवाडी वताउछन । 

विगतको तुलनामा मन्दिर सम्म पुग्न ग्राभेल बाटोले गर्दा केही सहज भएपनि राज्यले भक्तजनहरुको सुविधाका लागि सौदर्यकरण तथा अन्य सेवा सुविधाहरु थप गरेर प्रचारप्रसारमा जोड दिनु पर्ने दुवाडीको बुभाmई रहेको छ  ।vlcsnap-2022-02-23-13h46m47s469

  मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरि खानेपानी ,शौचालय वनाउने काम गरिएको तथा प्रत्येक मंगलवार दुई सय वढी बली चढ्ने गरेको बसाह मण्डली संरक्षण समाजका अध्यक्ष गोकुल दर्लामी वताउछन । 

पुजा हुने मंगलवारका दिन दुई हजार देखि ४ हजार सम्म भक्तजनहरु आउने मन्दिरमा सरकारी निकायबाट समेत सहयोगको अपेक्षा राखिएको अध्यक्ष दर्लामीले सुनाए ।vlcsnap-2022-02-23-13h46m31s174

  बसाह मण्डली माईलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न डिपीआर तयार भई सकेको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण गुरुगं सुनाउछन । उनले भक्तजनलाई लक्षित गरि भौतिक पुर्वाधार वनाउने कामहरु समेत भई रहेको जानकारी दिए । 

मगर जातीको १२ वर्ष मुनीको किशोर पुजारी रहने परम्परागत माध्यता अनुसार पुजारी रहेका ११ वर्षिय जिविन थापाले भक्तजनले मन्दिरमा चढाउन नरिवल ,अक्षता , ल्याउने गरेको र आफुले चढाई दिने बताए  ।

साउन महिना , सोह्श्रद्धको समयमा , औषी तथा शिवरात्रीका दिन पुजा नगरिने मन्दिरमा महिलाहरु पस्न नहुने मान्यता रहेको छ ।