इटहरी । शिक्षा तथा कलाका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने दुई जनालाई नेपाल रेडक्रस सोसाईटी इटहरीले सम्मान गरेको छ । 

   नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाको २४औं वार्षिक साधारण सभाको अवसर पारेर शिक्षा क्षेत्रमा महत्पुर्ण योगदान पुर्याउने लेखनाथ घिमीरे र ललितकलाका माध्यमबाट इटहरीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो । 273961844_967520520551634_8821945736607680743_n

    नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीकी स्थापक तथा नेपाल रेडक्रसकी पुर्व केन्द्रीय उपाध्यक्ष सरला कायस्थको प्रमुख आतिथ्यमा भएको साधारण सभा सम्पन्न भएको हो । 274019419_692765315079110_4703801739894218446_nसो साधारण सभाको अवसरमा शव वाहन खरिद गर्न सहयोग गर्ने संघ संस्था , यसेस्ष्ठ तथा विशिष्ठ सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी इटहरीले खरिद गरेको नयाँ शव वाहन नेपाल रेडक्रस सोसाइटी इटहरीका स्थापक संयोजक राजेश श्रेष्ठ र सभापति विमल पौडेलले रिवन काटेर शुभारम्भ गरेका थिए । कार्यक्रममा इटहरी क्षेत्रका विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।