इटहरी । मानसिक रोग तथा अन्य कारणले सडकमा जीवन विताउदै आएकाहरुलाई संरक्षण दिदै आएको इटहरीमा रहेको माया घर नेपालमा आश्रय लिदै आएकाहरुलाई खाना खुवाएर जन्मदिन मनाउने क्रम वढेको छ ।
फजुल खर्च गर्नुका साटो माया घरमा आश्रीत मानसिक रोगी लगायतलाई खाना खुवाएर जन्म दिन मनाउने क्रममा बढेको हो ।
विभिन्न कारणले सडक क्षेत्रमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरी संरक्षण प्रदान गर्दै आएको माया घर नेपालमा आश्रय लिएर वस्दै आएका मानिसहरुलाई खाना खुवाउदा आत्मसंतुष्टी हुने तथा माया घर सञ्चालनमा समेत सहयोग पुग्ने भएका कारण पनि जन्मदिन मनाउनेहरुले माया घर रोज्न थालेका छन ।
सुन्दरहरैचा नगरपालिका ७ का आयान उप्रेतीको जन्मदिन पनि माया घरमा आश्रीतहरुलाई खाना खुवाएर मनाइएको छ । अमेरिकामा बस्दै आएका आयानका बुबाले आफनो छोराको जन्मदिन माया घरमा आश्रय लिदै आएकाहरुलाई खाना खुवाएर मनाउन भने अनुसार आयान ३ वर्ष पुरा गरि ४ वर्ष लागेको अवसरमा उप्रेती परिवारले माया घरमा आश्रीत एक सय वढीलाई खाना खुवाएको महेश उप्रेतीले जानकारी दिए ।
इटहरीकी लोक गायिका गंगा गौतम आचार्यको सम्योजनमा माया घरमा आश्रीतहरुलाई खाना खुवाएरको हो ।
दाताहरुकै सहयोगबाट सञ्चालन हुदै आएको माया घर नेपालमा जन्मदिन , विवाह उत्सव, साथै विभिन्न चाडपर्वको समयमा व्यक्तिगत तथा सस्थागत रुपमा खाना खुवाउने तथा विभिन्न किसिमका सहयोग गर्ने काम गरिदै आएको छ ।




















