इटहरी । मानसिक रोगी तथा विभिन्न कारणले सडकमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरि संरक्षण दिदै आएको मायाघर नेपालले आश्रितहरुको सेवाका लागि अक्षयकोष स्थापनाका लागि पुराणको आयोजना गर्ने भएको छ ।

    मायाघर नेपालमा आश्रिातहरुका लागि सेवा प्रदान गर्ने आवश्यक पर्ने रकमका लागि अक्षयकोष स्थापना गरी श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

   आश्रितलाई खान,लाउन , औषधी उपचार र विभिन्न सिप सिकाउनका लागि आवश्यक खर्च जुटाउन यही फागुन २१ गते देखि २८ गते सम्म पुराण सञ्चालन गरिने मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन । वि.सं.२०७४सालमा हिसां पिडित तथा मानसिक रोगी महिलाहरुलाई आश्रय दिने मुख्य उद्धेश्यले स्थापना गरिएको मायाघर नेपालले हाल सम्म ४हजार बढी मानिसहरुलाई पुनस्थापना तथा परिवार मिलन गराउन सफल भएको समेत वताइयो ।

   मायाघर नेपालकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले देश भरीबाट नै सडक मानवरहित वनाउने अभियानलाई सफल वनाउन साथै हिसां पिडित महिलाहरुलाई आश्रय दिदै  पुनस्थापनाका लागि स्थापित मायाघर नेपाल जस्ता सामाजिक संस्थाहरुलाई सरकारी स्तरवाट पनि सहयोग गरिनु पर्नेमा जोड दिइन ।  हाल मायाघर नेपालमा एक सय १५ जनाले आश्रय लिइरहेका छन ।