धादिङ । डिभिजन वन कार्यालय धादिङले जिल्ला स्थित विभिन्न पालिकाहरूमा २ करोड ९०लाखको २० वटा योजना ल्याएको छ ।
वागमति प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मार्फत पर्यापर्यटन तथा पर्यटन पुर्वाधार विकास र वातावरण संरक्षण तथा सहरी वन कार्यक्रम अन्तर्गत २० वटा कार्यक्रम कार्यान्वयन गर्ने गरि वजेट विनियोजन गरिएको हो ।
उक्त कार्यक्रम मध्येका १४ वटा योजनाहरू सम्झौता भएर निर्माणका काम भईरहेका छन् ।
धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्वर १४ स्थित धुवाकोटमा रातमाटेमा मगर संग्राहलय अधुरो निर्माणकालागि उपभोक्ता समिति गठन गरि सम्झौता पश्चात् काम शुरू गरिएको समितिका अध्यक्ष ढलक बहादुर आले मगरले बताउनु भयो । 
यसैगरि नेत्रवती डब्जुङ्ग गाउँपालिका वडा नम्वर ५ कटुन्जे बजार स्थित डाँडामा कविसुभानन्द स्मृती पार्क निर्माण उपभोक्ता समिति मार्फत पार्क निर्माण, फलामे फलैचा फुलबारी लगायतका काम भईरहेको समितिका अध्यक्ष अनिल मानन्धर बताउनु हुन्छ।
सोहि पार्क सम्म आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आवातजावतमा सहज पुर्याउने उद्देश्यले महाविर चुलि गुफा पदमार्ग निर्माण उभोक्ता समिति मार्फत नयाँ ट्रयाक खोलि चारसय असी मिटर सम्म आर सिसि सिडी निर्माणको काम सञ्चालन भईरहेको छ ।
निर्माणाधिन अवस्थाका तीनवटा योजनाहरूको अनुगमन गरिएको डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धरले बताउनु भयो ।
यसका अलवा कार्यालयले पहिरो रोकथाम तथा खालि डाँडाहरूमा बृक्षारोपणका लागि डिभिजन र सव डिभिजन वन कार्यालय मार्फत बिभिन्न जातका बिरुवा उत्पादन गरि उपभोक्ता समितिलाई वितरणका साथै बृक्षारोपण समेत गर्दै आएको छ ।




















