इटहरीमा विभिन्न समयमा विबाद अनि चर्चाको विषय बन्दै आएको सार्वजनिक शौचालयको विषयले अव भने समाधान पाउने भएको छ । सामाजिक सञ्जाल अनि मिडिया क्षेत्रका लागी बेला बेला चर्चामा आउने शौचालयको कामले अव भने पुणर्ता पाउने भएपछि स्थानियहरु समेत शर्षित बनेका छन् । विहिबार इटहरी उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै २०७९ को असार सम्ममा आधुनिक शौचालयको निमाणर् सम्पन्न गर्ने जानकारी दिएको छ । इटहरी नगर भित्र रहेको यस शौचालयको निमाणर् समयमा नभएको भन्दै भन्दै आएको टिक्काटिप्णीलाइ इटहरी उपमहानगरपालिकाले खण्डन गर्दै अव चाडै शौचालय निमाणर् हुने समेत बताएको छ । उपमहानगरले बुधवार एक विज्ञप्ति जारी गर्दै चर्चामा आय जस्तो इटहरीमा शौचालय अभाव नभएको बताएको बताउदै, इटहरी ९ स्थित बसपार्कमा दुई वटा सार्वजनिक शौचालय र आइतबारे, बुधबारे हटियामा पनि सार्वजनिक शौचालय रहेको उल्लेख गरिएको छ । साथै उपमहानगर परिसरमा स्मार्ट शौचालयमा निमाणर्को काम अन्तिम चरणमा पुगेकोले अबका दिनमा आम सर्वसाधरणले शौचालयको अभाव भोग्नु नपर्ने उपमहानगरले बताएको छ ।
सुनसरीकै सुविधा सम्पन्न स्मार्ट शौचालयको निमाणर् हुने भएपछि आम सर्वसाधरणले यस कामको खुलेर प्रसङसा गरेका छन् भने अन्य बजार क्षेत्रमा पनि यस्तो शौचालय हुनु पर्ने माग पनि राखेका छन् । नगर भित्र भएको यस शौचालय सबैले प्रयोग गर्न नसक्ने भएकाले अन्य क्षेत्रमा पनि शौचालय निमाणर् गर्नुपर्ने इटहरी बासीको माग रहेको छ ।
स्मार्ट शौचालयमा महिला तथा पुरुष शौचालय,महिला तथा पुरुष दुवैका लागि अपाङ्गतामैत्री शौचालय, स्टाफ शौचालय रहने छन् ।
यसरी निमाणर् हुन लागेको स्माट शौचालयको कुल लागत ५६ लाख २१ ह्जार ७ सय ४६ रुपैया रहने कुरा उपमहानगरका इन्जिनियर जिवन घिमिरेले जानकारी दिनुभएको छ त्यसैगरी हाल सम्म १३ लाख भन्दा माथि रकम भुक्तानि भइसकेको र कामलाई तिब्रता दिएको समेत जानकारी दिनुभएको छ ।
वगैचा,वाटर फाउन्टेन र क्लक टावर समेत रहने छ । २० जनाले एकै पटक प्रयोग गर्न सकिने शौचालयमा स्वचालित चार वटा ढोकाहरू रहने छन् । यसैबिच उपमहानगरपालिकाले दुई वटा घुम्ती शौचालय खरिदका लागि प्रक्रिया अघि बढाइसकेको बत्ताइएको छ ।




















