इटहरी । प्रेस चौतारी नेपाल इटहरी उपमहानगर कमिटीको तेस्रो अधिवेशनले रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।

     सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कमिटीको उपाध्यक्षमा शैलेन्द्र चौधरी महिला उपाध्यक्ष सिमा बस्नेत सचिव शंकर खत्री उपसचिवमा पारस सुवेदी, खगेन्द्र बि क र कोषाध्यक्षमा रोजी खतिवडालाई चयन गरेको हो ।

   पछि २ जना सदस्य मनोनित गर्ने गरि १५ सदसिय नयाँ कमिटीको सदस्यहरुमा मिलनजजन राई ,सुरेश बस्नेत , सुजता घिमीरे , आशिष चौधरी , तारा भट्टराई र मनोज अधिकारी रहेका छन ।IMG_0191

निर्वतमान अध्यक्ष त्रिलोचन पौडेलको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न  खुला सत्रमा इटहरी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका दुई जनालाई सम्मान गरिएको थियो ।IMG_0200

सम्मानित हुनेहरुमा एरिना टेलिभिजनकी रञ्जना पौडेल र हिमशिखर टेलिभिजनका पारस सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्री उपाध्यक्ष भट्टराईले प्रशंषा पत्रले सम्मान गरे ।IMG_0204

कार्यक्रममा अग्रज पत्रकार कृष्ण विनोद लम्साल , एमाले नेता रामप्रसाद चौलागाई , टेलिभिजन पत्रकार संघ सुनसरीका अध्यक्ष सचिन पोखरेल , प्रेस चौतारी नेपालका केन्द्र सदस्य शेखर ढकाल ,जिल्ला अध्यक्ष सुभद्रा प्याकुरेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।