इटहरी । विपदका समयमा जोखिम न्युनिकरणका तथा व्यवस्थापनमा युवाहरुलाई दक्ष वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा आयोजित तीन दिने तालिम सम्पन्न भएको छ ।
युवा विकास केन्द्र इटहरीको आयोजना तथा एशियाप्याशिफिक एलाइन्सको साझेदारीमा स्वयम सेवकहरुका लागि विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धी वृहत तालिमको आयोजना गरिएको हो ।
सुनसरी जिल्लाका १२ वटै पालिकाका २० जना युवाहरुको सहभागिता रहेको तालिममा धरान उपमहानगरपालिकाका अधिकृत तुलसी आचार्य , एनजिओ फेडरेशन सुनसरीका अध्यक्ष विनोद विक , सशस्त्र प्रहरी वल प्रहरी नायव उपरिक्षक विरेन्द्र खनाल ,प्रदेश नम्बर १ समन्वय व्यक्ति अन्तराष्ट्रिय आप्रवास संगठनका द्धारिका घिमीरेले सहजिकरण गरेका थिए ।
युवा विकास केन्द्रका अध्यक्ष सञ्जय चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एशियाप्याशिफिक एलाइन्सका कर्णबहादुर नेपाली लगायतका अतिथीहरुको समापन कार्यक्रममा सहभागिता रहेको आयोजक संस्था युवा विकास केन्द्रका परियोजना संयोजक निराजन खड्काले जानकारी दिए ।




















