मोरङ । विश्व चर्चित भारतीय स्वरसम्राज्ञी लता मंगेशकर दिगवंत भएको सातौं दिन मोरङको विराट चोकमा श्रद्धाञ्जली साझँ आयोजना गरिएको छ ।
नझरेका फूल साहित्यक संस्थाको आयोजनामा २८औं श्रृंखलामा स्वर्गीय तला मंगेशकरको स्मृतिमा श्रद्धाका फूलहरु साँझ कार्यक्रमको आयोजना गरिएको हो ।
श्रद्धाका फूलहरु साँझ नाम दिएको कार्यक्रममा स्वर्गीय मंगेशकरले ८३ वर्षको उमेरमा रामकृष्ण ढकालसंगको बाचुञ्जेलीलाई भन्ने बोलको गित गायक ढकालका साथै भुमा अघिकारीले गाएका थिए । त्यसै गरी मंगेशकरको स्मृतिमा रामकृष्ण ढकालले अन्य गितहरु समेत प्रस्तुत गरेका थिए भने तला मंगेशकरका गितहरु पम्फा चाहारले समेत गाएकी थिइन ।
नझरेका फूलका संयोजक छवि बैरागी घिमीरेको अध्यक्षता तथा प्रदेश नम्वर १का प्रदेश सभा सदस्य लोकप्रसाद संगा्रैलाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वर्गीय तला मंगेशकरको फोटोमा मार्लापण गरी श्रद्धाञ्जली अर्पण गरियो ।
विश्व चर्चित गायिकाको स्मृतिमा कला साहित्यका कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाले मंगेशर प्रति श्रद्धाका फूलहरु श्रद्धाञ्जली साँझ आयोजना गरिएको आयोजक संस्थाका सचिव केपि घिमीरेले जानकारी दिए । नेपाली भाषामा समेत गित गाएकी लताका ३६ भाषामा ५० हजार बढी गितहरु रेकर्ड भएका छन ।




















