इटहरी । शिर्ष तहका नेताहरु नै जनता तिर हेरेर एउटा कुरा गर्ने कार्यकर्ता तिर हेरेर अर्को कुरा गर्ने अनि विदेशीसंग कुरा गर्दा अर्काे कुरा गर्ने गरेको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आरोप लगाएका छन ।
सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथी एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले एमसिसीका विषयमा सत्तारुढ दलका नेताहरुले सार्वजनिक गरेको अभिव्यक्ती प्रति कटाक्ष गर्दै सो कुरा वताएका हुन ।
एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले शिर्ष नेताहरुले नै जनतासंग एकाथरी , कार्यकर्तासंग अर्काे थरी अनि विदेशीसंग कुराकानी गर्दा अर्काे थरी कुरा गर्ने यस्तो राष्ट्रिय चरित्रले देशलाई कहाँ लैजान्छ भनेर प्रश्न गरे ।
उनीले यस्तो कार्य घृणा योग्य रहेको छ , देशलाई अहित हुने विषय हो ।
पोखरेलले नेताहरुको यस्तो चरित्रले लोकतान्त्रिक प्रणालीलाई कम्जोर पार्ने टिप्पणी समेत गरे । त्यसै गरी नेपालका अहिले पनि राजनैतिक अस्थिरता रहेको भन्दै त्यही अस्थिरताका कारण देश वनाउने सपना चकनाचर भएको समेत वताए । उनले देश वनाउने सपना पुरा गर्न राजनैतिक स्थायित्व हुनु पर्नेमा जोड दिए ।




















