इटहरी । घटना स्थलमै हुने हृदयघात भएका बिरामिलाइ कसरी र्निमुल बनाउने र तत्कालिन उपचार कसरी गर्ने,गराउने भन्ने उदेश्यले अनलाइन निःशुल्क प्राथामिक उपचार तालिम अभियान र्कायक्रम सञ्चालन गरिएको छ ।
योगदान राष्ट्रका लागि नामक संस्थाबाट देशै भरी हृदयघात भएका बिरामिलाइ कसरी निर्मुल बनाउने र तत्कालिन उपचार कसरी गर्ने,गराउने भन्ने उदेश्यले तालिमको आयोजना गरीएको हो ।
यौगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतिले प्रशिक्षण र्गनु भएको थियो उक्त तालिममा ४० जना प्रशिक्षार्थीका रुपमा रहेका थिए र मोरङ जिल्लाबासीलाइ र्निकोल गरी निशुल्क प्राथामिक उपचार तालिम आयोजना गर्ने योगदान राष्ट्रका लागि मोरङ जिल्ला अध्यक्ष संयोग ढकाले प्रतिद्धता गरेका थिए ।




















