इटहरी । कोरोना कहरका कारण लामो समय देखि धेरै मानिसहरु भेला भएर धार्मिक गतिविधिहरु समेत गर्न नपाइरहेको अवस्थामा कोरोना संक्रमण न्यून हुँदै गएको तथा जनजीवन सामान्य बन्दै गएपछि सामुहिक रुपमा धार्मिक गतिविधि पुन हुन थालेका छ्न । 

कोरोना संक्रमण न्यून हुन थालेपछी सार्वजनिक तथा ब्यक्तिगत  रुपमा पनि श्रीमद भागवत सप्ताह लगायतका धार्मिक अनुष्ठानहरु गर्ने क्रम पुर्वी नेपालमा पनि सुरु भएको हो ।IMG_0010

   यसै सन्दर्भमा इटहरी निवासी  व्यबसायी शिवप्रसाद घिमिरेले पनि सुनसरीको इटहरीमा  श्रीमद् भागवत आयोजना गरेका छ्न । 

चर्चित भागवत वाचक दिनबन्धु पोखरेलले वाचन गर्ने पुराण आगामी फाल्गुन ७ गते सम्म चल्ने आयोजक घिमिरेले जानकारी दिए । IMG_0021 1

धार्मिक आस्थाले पनि मानिसहरुको आत्मविश्वास बढाउने सकिने विश्वासका साथ पुराणको आयोजना गरिएको पनि घिमिरेले बताए । 

कोराना संक्रमण दर  घटेपनि पुराणमा उच्च्सतकता अपनाएर सुरु गरिएको छ । आगतुकहरुको थर्मलगनबाट ज्वरो , सेनिटाइजर ,मास्क प्रवेशद्वार मै ब्याबस्था गरिएको छ । 

  पुराण सुरु गर्नु अघि धार्मिक झाकी तथा नौमती बाजा सहित कलश शोभा यात्रा गरिएको थियो ।