इटहरी । इटहरीको निःसाहय वालवालिका सेवा आश्रमलाई फेसवुकको हल्का रमाइलो ग्रुपका साथीहरु बाट संकलन रकमले वाइरीङको सामाग्र्र्र्र्र्री हस्तान्तरण गरीएको छ । नेपालको विभिन्न जिल्ला वाट फेसवुकमा ग्रुप भएकाहरुले फेसवुकमा हल्का रमाइलो गर्नुका साथै केही सामाजीक काम गर्नु पर्छ भन्ने मनसायले पश्चिमको विभिन्न ठाउमा सहयोग गर्दै आएकोमा यस पटक भने पुर्वको आश्रममा आवस्यकतालाई हेरेर दश हजार वरावरको वाइरीङको सामाग्रीहरु आश्रमकी सञ्चालिका गीता गौतमलाई सहयोग गरेको ग्रुपकी सदस्य मञ्जु अधिकारीले वताइन् ।
ग्रुपका सदस्यहरुको यो सेवा गर्ने भावना देखेर आफु अत्यन्त्य खुसी भएको र विजुलीको सामाग्री नभएर वालवालीकाहरु अध्यारोमा वसीरहेको अवस्थामा विजुलीको सामाग्री उपलब्ध गराई दिएकोमा आफ्नो वालवालिकाहरुले उज्यालोमा वस्न पाउने भएको आश्रमकी सञ्चालीका गीता गौतमले खुसी ब्याक्त गरिन ।




















