इटहरी । युवाहरु एक जुट भएर सामाजिक कार्यमा युवाहरुका महत्वपुर्ण भुमिका हुने हुदा युवाहरुको सस्था  राष्ट्रिय युवा संघ नेपालले आफ्नो सुनसरी जिल्ला कमिटि गठन गरेको छ । 

शुक्रबार सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरेर सुजन लामाको अध्यक्षतामा ७५ सदस्य कमिटि गठनको सार्वजनिक  गरेको हो । IMG_0464जसको अध्यक्षमा  सुजन लामा , उपाध्यक्षमा  क्रमाग्य भट्टराई , सचिवमा  राकेश डागी सह सचिवमा अरुण राई र सुनील कार्की साथै कोषाध्यक्षमा  लक्षमण शाह सहितको कमिटि कठन भएको हो ।

 युवा हक हितका लागी काम गर्दै आएको यस सस्थाले अवका दिनमा अझ शसक्त रुपमा अगाडि बढ्ने अध्यक्ष  लामाले बताए ।