मोरङ । चिसोका कारण कसैले पनी समस्या भोग्नु नपरोस भन्ने उद्धश्यले  मोरङको लेटाङ नगरपालिका क्षेत्रका अति विपन्न घर परिवारहरुलाई कम्बल उपलब्ध गराएको छ । 

चुजी फाउण्डेसन, अन्तरधार्मिक शान्तिमहासंघ नेपाल र नमुना सामुदायिक वनको आर्थिक साझेदारी तथा सामुदायिक विकास मञ्च नेपालको संयोजनमा विहीवार लेटाङ वडा नं. २,३,४,५र ६का ८७ घर परिवारलाई कोभिड प्रतिकार्यको लागि कम्बल वितरण कार्यक्रम सम्पन्न गरिएको हो । 273059116_7474173759274601_5874784992270800984_n

नमुना सामुदायिक वनका अति विपन्न उपभोक्ताहरु लाई लक्षित गरी ६३ घर परिवारलाई एक एक थानले र सामुदायिक विकास मञ्च नेपनलको कार्यक्षेत्रमा रहेका विभिन्न वडाका २५ विपन्न परिवारलार्ई   जाडोमा ओढुने  कम्बल वितरण गरिएको सामुदायिक विकास मञ्चकी कार्यक्रम सम्योजक सावित्रा शिवाकोटीले जानकारी दिनु भयो ।273147521_359695325726912_5585618009775986050_n

कार्यक्रम नमुना सामुदायिक वनका अध्यक्ष भिमबहादुर देवानको अध्क्षतामा भइको थियो भने अन्तरधार्मिक शान्तिमहासंघ नेपालका अध्यक्ष रामभक्त कुरुम्वाङले कार्यक्रमको औचित्य बारेमा  प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा नमुना सामुदायिक वनका सल्लाहकार द्धय सुभद्रा भट्टराई र कमल अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।