उर्लाबारी । भुमि आयोग मोरङकी जिल्ला अध्यक्ष शुशिला घिमिरे (सामना) लाई उर्लाबारी नगरपालिकाका मेयर फागोले भेटेर भुमिहीन दलित, भुमीहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गरिदिन आग्रह गरेका छन् ।

बिहिबार मोरङको विराटनगरमा भएको भेटमा मेयर फागोले उर्लाबारी नगरपालिका भित्रको भुमिको समस्या र सो को समधानको विषयमा छलफल गर्दै यस्तो बताएका हुन् ।

भेटका क्रममा अध्यक्षले आयोगको तयारी र बर्तमान अवस्थाको बारेमा जानकारी गराउदै मोरङमा गठन भएको आयोगले पुणर्ता पाउने वितिकै मोरङको उर्लाबारी सहित अन्य ४ वटा पालिकाको काम अगाडी बड्ने बताईन्। 

यतिबेला मेयर फागो उर्लाबारीको भूमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सक्रियता साथ लागिपरेका छन् ।