धनकुटा । संमृद्द नेपाल र सुखी नेपालीको सान, व्यावसायीमुलक कफी खेतीको अभियान भन्ने नाराका साथ जिल्ला कफी व्यावसायी संघ धनकुटाको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला कफि व्यावसयाी संघ धनकुटाका जिल्ला उपाध्यक्ष गुरु प्रसाद लिम्बूको अध्यक्षता एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौेहानको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले युवराज दर्नालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । 
उपाध्यक्षमा सिमा राई, सचिवमा सुर्य बहादुर आठपहरिया, कोषाध्यक्षमा कोकिला भण्डारी, सदस्यहरुमा गोविन्द थापा, बाबुराम राई, मन कुमार याम्फु, राजेन्द्र कुमार ईङ्नाम, अमृता तामाङ्गलगायत गरि ११ सदस्यि जिल्ला कार्य समिति चयन गरिएको छ । 
अधिबेशनमा सातै स्थानिय तहका प्रतिनिधिमुलक कफि किसान, चिया विस्तार योजना हिलेका प्रतिनिधि रामकुमार लिम्बु, कफि व्यावसायी लगायतको उपस्थिती रहेको थियो ।




















