उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ मगलबारेमा रहेको ईलाका प्रशासन कार्यालयको नयाँ स्थायी भवन मेयर खड्ग फागोको विषेश पहलमा पुरानो मंगलबारेमा बन्ने भएको छ ।

चौक क्षेत्रमा सागुरो ठाउँमा रहेर सेवा दिदै आएको प्रशासन कार्यालयको नयाँ सुविधा सम्पन्न् संरचना निर्माणका लागि उर्लाबारीका मेयर फागोले बर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँड त्यसै गरी अन्य सम्बधित निकाय सग विषेश पहल गरेर सो सेवा कार्यालय स्थिायीरुपमा निर्माण हुने भएको छ ।

नयाँ संरचना निर्माणका लागि केन्द्रिय सरकारले ९ करोड ३५ लाख रुपैया बजेट विनियोजन गरको पनि बताउनु भयो ।

मेयर फागोका अनुसार- मोरङका ६ वटा स्थानिय तहका नागरिकहरुलाई सेवा दिदै आएको कार्यलय अपर्याप्त पार्कीङ, जग्गा आभाब र राजमार्ग सगै जोडिएको सागुरो ठाउँबाट संचालन हुदा सो क्षेत्रमा बढीभिडभाड हुने र दुर्घटनाको जोखिम उच्च थियो, अव कार्यालय पुरानो बजारमा बन्ने निश्चित भएपछि त्यहाँको भिडभाड कम हुने र चौक देखी बजार सम्मनै बजारीकरण विस्तार हुने फागोको भनाई छ ।

मेयर फागोले नगरपालिकाको विषेश कामले काठामन्डौमा रहदा केहि समय अगाडी देखीको फाइललको खोजी गरी दुवै कार्य सम्पन्न् गरी उर्लाबारी फर्किनु भएको छ ।

भवन निर्माण र संचालनका लागि नगरपालिकाको सहयोगमा ६ कठ्ठा जामिन यस अघिनै छुट्याइ सकेको थियो । बजेट अभावमा निर्माण हुन ढिलाई भैरहेको भवन आफ्नो वडामा स्थिायी रुपमा आउने भएपछि २ नम्वर वडा वडाध्यक्ष राजन कुमार कडेलले सो कुरालाई स्वागत गर्नुभएको छ ।

यस्तै, जनतालाई छिटोछरितो सेवा प्रदान गर्न र समग्र उर्लाबारीको बिकास र समृद्धिलाई टेवा पुर्‍याउने सेवा क्षेत्रको स्थानान्तरणमा नगरपालिकाले चालेको कदम तारिफ योग्य रहेको स्थानियहरुले बताउनु भएको छ ।