मोरङ । जथाभावी रुपमा खोला उत्खन्न गरेको कारण बस्ती जोखिममा परेको भन्दै मोरङको सुन्दरहरैचा ४का स्थानीयले बस्ती संरक्षणका लागि जथाभावी रुपमा हुदै आएको उत्खनन रोकिनु पर्ने माग राखेका छन ।

   मोरङको सुन्दरहरैचा वडा नम्बर ४ तर्फ बुढी खोलाबाट जथाभावी रुपमा बालुवा गिटी उत्खनन गर्ने कार्यले बस्ती जोखिममा परेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन ।

    खोलामा बालुवा गिटी उत्खनन गर्ने क्रममा खोलाको किनारा तथा खोलाको कटान नियन्त्रणका लागि वनाइएको संरचनाहरु समेत भत्काएर लैजान थालेको भन्दै स्थानीयहरु विरोधमा उत्रिए ।IMG_0021

विरोधमा उत्रिएका स्थानीयले खोला उत्खननका नाममा व्यक्तिले भोगचलन गर्दै आएको जमिनबाट समेत माटो काटेर लैजान थालेपछि वस्तीका साथै ब्यक्तिका नम्बरी जग्गा समेत खोला कटानको जोखिममा परेको स्थानीय गंगा दाहाल वताउछिन ।

 वुढी खोलाको पुल देखि चरिगुवा सम्म ठेक्का नलगाएको भनिएपनि मनपरी रुपमा कटान गरिएका कारण बस्ती जोखिममा परेको भन्दै बस्ती संरक्षणका लागि तटवन्ध निर्माण गरिदिनु पर्ने माग समेत आफुहरुको रहेको अर्का स्थानीय सुर्यप्रसाद कट्टेल वताउछन ।20220207_095249

यता सुन्दुरहरैचा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ बस्ती र मन्दिर पनि रहेकाले जथाभावी रुपमा उत्खनन गर्दा जोखिम हुने तर्फ मध्यनगर गर्दै जथाभावी उत्खनन नगर्न आग्रह समेत गर्दै आएको वताए । उनले तटवन्ध निर्माणका लागि पहल समेत गर्दै आएको जानकारी दिए ।

यता सुन्दरहरैचा नगरपालिकाको उत्खननसंग सम्वन्धीत ठेक्का पाएको मनन कन्ट्रक्र्सनका कृष्ण घिमीरे आफुहरुले जथाभावी रुपमा कटान गर्न दिने गरेको छैन साथै सवै समय आफुहरुले हेर्न नसक्ने भएकाले रातीको समयमा खोलामा छिरेर जथाभावी उत्खनन गर्ने कार्य रोक्ने नगरपालिका जिम्मेवार भएर लाग्नु पर्ने वताउछन ।

  खोला उत्खनन गर्ने नाममा जथाभावी रुपमा व्यक्तिले भोगचलन गर्दै आएको जमिन तथा वस्ती जोखिममा पर्ने गरी उत्खनन गर्ने कार्य नरोकिए आफुहरु सशक्त रुपका आन्दोलनमा उत्रिए स्थानीयले चेतावनी समेत दिएका छन ।