इटहरी । निजी तथा आवासीय अर्गनाईजेशन नेपाल प्याब्सन प्रदेश नम्बर १को नव निर्वाचित कार्यसमितिको एक कार्यक्रमका विच पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

   सुनसरीको इटहरीमा निवर्तमान अध्यक्ष युवराज बाशिष्ठको अध्यक्षता तथा प्रदेश नम्बर १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।IMG_0403

  गत पुस २९ गते भएको प्याब्सन प्रदेश नम्बर १ समितिको तेस्रो अधिवेशनले टिकाराम ढकालको नेतृत्वमा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको थियो । पदस्थापना कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शान्तिराम भण्डारीले नव निर्वाचित कार्यसमिति अध्यक्ष ढकाल  बरिष्ठ उपाध्यक्ष सुमित थापा उपाध्यक्षद्धय ज्ञानकुमार दाहाल, अर्जुन बस्नेत सचिव कोषराज प्याकुरेल कोषाध्यक्ष राजेश आचार्य , सहसचिव विष्णु कोइराला सहकोषाध्यक्ष युसुभ पाण्डेलाई सपथ तथा प्रमाण पत्र वितरण गरेका थिए ।IMG_0408 त्यसै गरी सदस्यहरुमा निश्चलराज शाक्य रुक्मीणा गौतम,भानुभक्त राजवंशी,ज्ञानकुमार थलाङ,भुवन श्रेष्ठलाई समेत प्रमुख निर्वाचन अधिकृत भण्डारीले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष ढकाललाई निवर्तमान अध्यक्ष बाशिष्ठले पदभार हस्तान्तरण गरेका थिए ।