सुनसरीको इटहरी २० तरहरामा रहेको तरहरा गुरुङ गुम्बामा थप नयाँ गुम्बा भवन निर्माणका लागि  शिलान्यास गरिएको छ । 

  स्वर्गिय दानवहादुर गुरुङको अध्यक्षतामा गुम्बा दर्ता गरी तत्कालिन समय  वि.सं. २०५४सालमा निर्माण गरिएको गुम्बा पुरानो भवनसंगै नयाँ वनाउने गरी शिलान्यास गरिएको हो । 

   तरहरा गुम्बाको पुरानो भवनको तत्कालिन समयका अध्यक्ष स्वर्गिय दानवहादुर गुरुङले शिलान्यास गरेको गुम्बा पुरानो भएको तथा थप भवनको आवश्यकता समेत हुन थालेको समयमा समाजसेवी सिजन गुरुङको अगुवाईमा नयाँ गुम्बा भवन निर्माणको शिलान्यास एक कार्यक्रमका विच गरियो । 

 गुम्बाको एक कठ्ठा एघार धुर जमिन रहेकै क्षेत्रमा निर्माण गरिने गुम्बा भवनका लागि एक करोड अनुमानित खर्च हुने र सोका लागि स्थानीय स्तर साथै दाताहरुको सहयोगमा निर्माण सम्पन्न गर्ने गर्ने लक्ष्य राखिएको गुम्बा निर्माणको अगुवाई गरिरहेका सिजन गुरुङले जानकारी दिए । 

 तरहरा गुरुङ गुम्बाका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा भएको  शिलान्यास कार्यक्रममा तमू ह्युल छोंज धी राष्ट्रिय परिषदका बरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङ,सुनसरी जिल्ला अध्यक्ष बकसमान गुरुङ,संगठन सचिव दिव्यराज गुरुङ , तरहरा गुरुङ गुम्बाका लामा गुरु शिव गुरुङ , लामा गुरु नरेश लोक्तेन लगायतको सहभागिता रहेको थियो ।