इटहरी । कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १ तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

     कृषिमा नयाँ जात र प्रविधिका क्षेत्रमा  अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गर्दै आएको अनुसन्धान प्रगति आदिका विषय केन्द्रीत समिक्षा गरिएको हो ।

  कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १का निर्देशक केशव प्रसाद श्रेष्ठको अध्यक्षता तथा नेपाल कृषि अनुसन्धान परिषद नार्कका कृषि बैज्ञानिक नमदेव उपाध्यायको आतिथ्यमा भएका गोष्ठीमा निर्देशनालय अन्तर्गत रहेका कृषि केन्द्र र कार्यक्रमका तर्फबाट प्रस्तुति समेत समावेश गरिएको थियो ।  IMG_0615गोष्ठीमा कृषिसंग जोडिने बाली ,बागवानी , पशुपँक्षी , घाँसवाली, माछा लगायतका क्षेत्रमा  नस्ल ,दाना पानी , रोग आदिलाई प्रामिकतामा राखेर वढी उत्पादन लिन सकिने गरी नार्कले अनुसन्धान गर्दै आएको निर्देशनालय प्रमुख श्रेष्ठले जानकारी गराए । IMG_0628गोष्ठीमा निर्देशनालय अन्र्तगत रहेका कृषि अनुसन्धान केन्द्र तथा कार्यक्रमहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कोरोना कहरलाई मध्यनजर गर्दै भौतिक दुरी काम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गोष्ठी सञ्चालन गरिएको थियो ।