उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका र राष्ट्रिय भुमि आयोगका अध्यक्ष सहितको टोली विच भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनीपुर्जा वितरण सम्वधी बैठक बुधवार सम्पन्न् भएको छ ।

उर्लाबारी नगरपालिकामा भएको बैठकले नगरपालिका स्तरिय सहजिकरण समिति र वडास्तरिय सहजिकरण समिति सग छलफल तथा परामर्श गरेको छ । आयोगले नगरमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले नगरपालिकका जनप्रतिनिधी राजनैतिक दलका स्थानिय प्रतिनिधिहरु सग छलफल गरेको हो ।

बैठकमा राष्ट्रिय भुमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला, मोरङ जिल्ला अध्यक्ष शुशिला घिमिरे (सामना) आयोगकी केन्द्रिय सदस्य सरिता महर्जन नगर उप-प्रमुख लक्ष्मिदेवी भण्डारी, वडाध्यक्ष र नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुरारी प्रसाद घिमिरेको सहभागिता रहेको थियो ।

बैठकमा आयोगका अध्यक्ष केशव निरौलाले अघिल्लो सरकारले संकलन गरेको लगतलाई निरन्तरता दिदै छुटेकाहरुको लगत संकलन गरि माघ अन्तिमबाटै भुमिहिन दलित र भुमिहिन सुकुम्वासीलाई पुर्जा सहितको जमिन र अव्यवस्थित बसोवासीलाई पुर्जा वितरणको तयारीमा आयोग लागि परेको बताए । 

जसका लागि आयोगले विहिबार बाट नै पालिकामा एक जना अमिन र एक जना सर्वेक्षक समेत पठाउने निणर्य गरेको निरौलाले बताए । 

भुमिहिन दलित र भुमिहिन सुकुम्वासीलाई पुर्जा सहितको जमिन र अव्यवस्थित बसोवासीलाई पुर्जा उपलव्ध गराउनु स्थानिय सरकारको उदे्श्य भएका कारण आयोगसग नगरपालिका निरन्तर छलफल र अन्र्तक्रियामा लागि रहेको नगरप्रमुख खड्ग फागोले बताए । नगरपालिका सम्पन्न् पहिलो बैठक नगरप्रमुख मेयर फागोको विषेश पहलमा भएको थियो ।