इटहरी । व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सिप प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरियो ।
नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समुह काठमाडौंसंगको सहकार्यमा सुनसरीमा पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।
राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता रहेकोे प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीका रुपमा सहभागी रहेको छ ।
प्रशिक्षण कार्यक्रममा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने ,कसरी खिच्ने देखि प्रकासमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी वन्तले सहजिकरण गरेका थिए । त्यसै गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजिकरण गरेका थिए ।
सुनसरीका पत्रकारहरुका लागि कोरोना कहरका समयमा ,दुर्घटना विमा , खाद्यान्न राहत ,स्वास्थ्य सुरक्षा सामाग्री मास्क
,सेनिटाइजर लगायतका सामाग्री वितरण देखि संक्रमित वन्न पुगेका पत्रकारहरुलाई मोवायल डाक्टर कार्यक्रम सञ्चालन गरेर संक्रमितको घरघरमा औषधि उपचार व्यवस्था मिलाउने काम विगतमा गरिएको स्मरण गर्दै नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुको दक्षताका लागि समेत तालिम प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार प्रशिक्षण राखिएको अध्यक्ष पवन अधिकारीले वताए ।
प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का ,इक्वाल अहमद , प्रदेश सचिव सन्तोष यादव , नेपाल प्रेस युनियन प्रदेस सचिव धनवहादुर पुरी , नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौला , सचिव धु्रव ढकाल बरिष्ठ फोटोग्राफर विसप तामा्रकार लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















