उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका भित्र सडकहरुमा विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिन थालेको छ ।
बजारको बाताबरणलाई हराभरा बनाउने उद्ेश्यका साथ उर्लाबारी नगरपालिकाको वडा नम्वर-३ का भित्रि सडकहरुमा बोटविरुवा रोपिएको हो ।
हरित नगरी शहर निर्माण अभियान अन्र्तगत सिमेन्टको गमलामा साइकस, एरिका पाम, गोल्डेन धुपी, लण्डन धुपी र रङ प्लान्ट गरी ३ सय बोटविरुवा रोपिएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोगमा सुन्दरहरैचा स्थित वाताबरण संरक्षण तथा सामाजिक रुपान्तरण सस्थाको आयोजनामा उर्लाबारी-३ का मंगलबारे-सिमसार सडक, मंगलबारे-देविझोडा सडक र थापाचौक-चन्दने सडकका साथै अन्य भित्रि सडकहरुमा बोटविरुवा रोपिएको सस्थाका अध्यक्ष होमनाथ पोख्रेलले बताए ।
सस्थाले मोरङका विभिन्न स्थानियतहरु सग समन्वय गरेर कालोपत्रे भएका सडकहरुमा हरित नगरी शहर अभियान अन्र्तगत बोटविरुवा रोप्दै आएको छ ।
जस अन्र्तगत आइतबार उर्लाबारी-३ को मगलबारेका सडकमा बोटविरुवा रोपेको हो ।
कार्यक्रममा वडाध्यक्ष गञ्जबहादुर कार्कीले सडकमा रोपीएका बोटविरुवाले सडकको शौन्दर्यता बढाउनुका साथै बताबरणलाई हरियाली र सडकको आर्कषक समेत बढाउने भएका कारण सवैले जिम्मेवारीपुणर् तरिकाले बोटविरुवाको संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा स्थानिय अगुवासमाजसेवीहरु पारसमणी कुइकेल, कवी धिमाल, वडाका जनप्रतिनिधीहरु लगाएको उपस्थिती रहेको थियो ।




















