इटहरी । पुर्वी नेपालमा साना सवारी साधान प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सवारी साधनको मर्मत तथा डेन्टिगं पेन्टिगं गर्ने सर्भिसिगं सेन्टरहरु समेत खुल्ने क्रम पनि वढी रहेको छ ।

    पछिल्लो केही वर्ष यता देखि निजी साना सवारी साधन प्रयोगकर्ताहरु पुर्वी नेपालमा बढी रहेको तर्फ मध्यनजर गर्दै गाडी मर्मत तथा डेन्टिगं पेन्टिगं गर्ने सेन्टर खुल्ने क्रम पनि बढेको हो ।

    पछिल्लो समयमा पुर्वी नेपालको व्यापारी केन्द्रको रुपमा विकासित इटहरीमा साना ठुलो सवारीका साधन विक्री गर्ने शो रुम सहित मेकानिक काम गर्ने सर्भिसिगं सेन्टर समेत खुल्ने क्रम बढेका छन । विगत ११ वर्ष देखि इटहरीमा सवारी साधन मर्मट, डेन्टिगं,पेन्टिगं, स्पेयर पार्टस् , वासिगं लगायतको काम गर्दै आएको आशिष सर्भिसिगं सेन्टरले आफनै भवनबाट थप सुविधा सहित सर्भिसिगं सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।IMG_0370

पत्रकार सम्मेलनको आयोजना गरी सेन्टरका सञ्चालक गणेश कार्कीले साना गाडीहरुको सवै प्रकारको मर्मत मेकानिक काम सहित डेन्टिगं,पेन्टिगं ,स्पेयर पार्टस , वासिगं नाइट्रोजन फिलिगं व्हील व्यालेन्सिगं सहितका कामहरु आधुनिक प्रविधि र कुशल मेकानिक टिमबाट दिने गरी यही माघ २३ गतेबाट सञ्चालनमा ल्याउने जानकारी दिए । IMG_0382उनले हाल पनि आफुहरुले प्रदेश नम्बर १का सवै जिल्ला सहित प्रदेश २का सप्तरी र सिराहा सम्मका सेवाग्राहीहरुलाई सेवा दिदै आएको समेत वताए ।

   गाडिको मर्मत संभारका साथै आगामी दिनमा सर्भिसिगं सेन्टरसंगै गाडी सर्भिस र मर्मतका लागि आउने आफना ग्राहकहरुलाई लक्षित गरी एकै छानामुनीबाट क्याफे ,सैलुन , रिसोर्ट लगायतको सेवा समेत प्रदान गर्ने गरी काम भई रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।