इटहरी । विभिन्न कारणले पारिवारिक माया पाउन नसकिरहेका सडक मानव तथा मानसिक रोगीहरुलाई संरक्षण दिदै आएको मायाघर नेपालले सडक मानव तथा मानसिक रोगीहरुलाई उद्धार गरी आश्रय दिने कामलाई निरन्तरता दिदै आएको छ ।

    कसैले पनि सडकमा जीवन विताउनु नपरोस भन्ने मुख्य उद्धेश्यले सडक मानव तथा मानसिक रोगीहरुलाई पारिवारिक माया सहितको आश्रय दिने उद्धेश्यले २०७४ साल देखि इटहरीमा सञ्चालनमा आएको मायाघर नेपालले अहिले पनि सडक क्षेत्रबाट मानिसहरुलाई उद्धार गरी आश्रय दिने कामलाई निरन्तरता दिदै केहीदिन देखी इटहरी उपमहानगर छेउको गल्लीमा बस्दै आएकी एक महिलालाई ईलाका प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएको हो ।

   स्थापनाकाल देखि हाल सम्म ३२सय जनालाई सेवा दिईसकेको मायाघर नेपालमा हाल एक सय ३ जनालाई आश्रय दिईरहेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेल वताउछिन । vlcsnap-2022-01-24-16h41m27s058

सडक मानव तथा मानसिक रोगीहरुको संरक्षण गर्ने मुख्य उद्धेश्य सहित स्थापित मायाघर जस्ता संघसस्थाहरुसंग राज्यले पनि समन्वय गरेर सडक मानव मुक्त राष्ट्र वनाउने सरकारी निती कार्यान्वयन गर्न राज्य पनि गम्भीर भएर लाग्नु पर्नेमा सचिव प्याकुरेलले जोड दिइन ।

 मायाघरमा आश्रय लिन आउनेहरुको संख्या बढी रहेपनि भौतिक पुर्वाधार भने पर्याप्त नभएको समेत वताइन्छ ।  मायाघरमा आश्रय लिदै आएकाहरुलाई समयसमयमा उपचार तथा मनोपरामर्शको व्यवस्था समेत गरिएको छ । मायाघरमा संरक्षण लिनेहरुलाई सिप र शिक्षाको समेत व्यवस्था मिलाइएको र पारिवारमा पुनरस्थापना गर्ने काम समेत हुर्दैआएको वताइन्छ ।

  मानसिक रोगीहरुलाई परिवारले समेत संरक्षण गर्न नसकिरहेको अवस्थामा मायाघर नेपालमा ल्याएर संरक्षण तथा औषधि उपचार गर्ने काम समेत गरिने गरेको छ । vlcsnap-2022-01-24-16h40m18s456

केही दिन पहिले इटहरीका समाजसेवी रोहित प्रसाईले न्यानो कपडा वितरण गर्ने क्रममा इटहरी ३ बौका झोडाका १२ वर्षिय मानसिक रोगी बालिकालाई मायाघर संग समन्वय गरेर मायाघरमा  संरक्षण दिन पठाएको थियो । 

आफुहरुले न्यानो कपडा वितरण गर्न जादा साङलाले बाधेर राखेको मानसिक रोगी वालिकाको अवस्था देखेपछी माया लागेर उनलाई उद्धार गरेर संरक्षण दिदा उनको भविष्य राम्रो वनाउन सकिन्छकी भनेर संरक्षणका लागी माया घर संग समन्वय गरेको प्रसाईले वताए ।

मायाघर नेपाल दाताहरुले सहयोग  साथै चाडपर्व र जन्मदिन मनाउन मायाघरमा आश्रय लिएर बसेकाहरुलाई सहयोग गर्ने सहयोगी मनहरुबाट संकलीत रकम तथा खाद्यन्नबाट सञ्चालन हुदै आएको छ । 

दाताहरुको सहयोगमा सञ्चालन हुँदै आएको मायाघर नेपालमा सरकारी निकायहरुले समेत  संरक्षणका लागि मानिसहरु पठाउने गरेका छन् ।