विराटनगर । भट्टराई कुल बंश प्रतिष्ठान विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले रमानाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    मोरगंको विराटनगरमा सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा उपाध्यक्षमा राजन भट्टराई, तेज बहादुर भट्टराई,सम्भु प्रसाद भट्टराई, पार्वता घिमिरे भट्टराई, सचिवमा परासर भट्टराई, सहसचिवमा गणेश भट्टराई र सरिता भट्टराईका साथै कोषाध्यक्षमा भवानी शंकर भट्टराईलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।vlcsnap-2022-01-24-11h30m06s511

 अधिवेशनको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर वार्ड नम्बर  १ वडा समितिलाई कदर पत्र प्रदान गरियो । त्यसै गरी  निवर्तमान उपाध्यक्ष ज्ञानु भट्टराई र  निवर्तमान सचिव मनोहर भट्टराईलाई सम्मान पत्रका सम्मान गरियो ।  महानगर अधिवेशन वंश नम्बर २२ का  हरीप्रसाद  भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बन्धुत्वको भावलाई एकतावद्ध गर्दै अघि बढ्नु पर्नेमा अतिथीहरुले जोड दिएका थिए । कार्यक्रममा अतिथिहरु भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय सदस्य मनोहर भट्टराई, प्रदेश नम्बर  १ का कोषाध्यक्ष शिव भट्टराई भोजपूरे, प्रदेश सदस्य दीपक भट्टराई, ज्ञानु भट्टराई, मोरङ्ग जिल्ला सचिव दुष्यन्त भट्टराई, लगायतले बोलेका थिए ।