इटहरी । कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको समयमा रोकथाम नियन्त्रण र न्युनिकरणमा सबैको भुमिका महत्वपुर्ण हुने संदेश सहित सुनसरीको इटहरीमा सार्वजनिक सवारीमा सेनिटाइजर गर्ने तथा मास्क वितरण अभियान सुरु गरिएको छ ।
सामाजिक कार्यका क्षेत्रमा सक्रिय रहदै आएको बुल्स इलेभेनको अगुवाईमा प्रदेस नम्बर १ ट्राफिक कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा सार्वजनिक सवारी साधनमा सेनिटाइजर गर्ने तथा सडक प्रयोगकर्ताहरुलाई मास्क वितरण गर्ने अभियान सुरु गरिएको हो ।
इटहरीमो धरान लाइनमा सार्वजनिक सवारी साधनहरु रोकेर सेनिटाइजर गर्ने साथै सडक प्रयोगकर्ताहरुलाई तपाईको मास्क खै ? भनेर सोध्दै मास्क वितरण गर्ने कार्य सुरु गरिएयो । कोरोनाको तेस्रो लहर फैलि रहेको तर्फ मध्यनजर गर्दै बुल्स इलेभेनको सक्रियतामा कोभिड रोकथाम नियन्त्रणका साथै सवारी दुर्घटना न्युनिकरणका लागि प्रचार वितरण गर्ने कार्य गर्दै आएको प्रदेस नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी निरीक्षक होमराज दाहालले वताए ।
कोरोना संक्रमण दिनप्रतिदिन बढी रहेको समयमा मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आफु सचेत हुने तथा अरुलाई समेत स्वास्थ्य सुरक्षाका लागि सर्तकता अपनाउन संदेश फैलाउने उद्धेश्यले अभियान सञ्चालनमा ल्याएको बुल्स इलेभेनका सचिव नविन कार्की वताउछन । कोरोनाले विश्वलाई नै तहसनहस वनाई रहेको समयमा कोरोना नियन्त्रणका लागि सचेतनामा महत्वपुर्ण हुने हुँदा स्वास्थ्य सुरक्षाका लागि सेनेटाइजर गर्ने तथा मास्क प्रयोगमा जोड दिइएको समेत उनले जानकारी दिए ।
कोरोना संक्रमण नफैलियोस भन्ने उद्धेश्यले बुल्स इलेभेनलाई तपाईको मास्क खै भन्ने अभियान समेत चलाउदै आएको छ । जसमा सार्वजनिक स्थलमा मास्क नलगाई आवतजावत गर्नेहरुलाई मास्क उपलव्ध गराउने तथा मास्क प्रयोगका फाईदाका विषयमा सचेत गराउने काम मास्क खै अभियानका अतन्र्तगत गरिदै आएको छ ।




















