इटहरी । माघ महिनाको सुरुवातसंगै पुर्वी तराईमा चिसो वढेपछि जनजीवन प्रभावित बन्न थालेको छ ।
कठ्याग्रीने चिसोका कारण पछिल्लो समयमा बजार पसलमा मानिसहरुको चहलपहल समेत घट्न थालेको छ ।
चिसो बढ्न थालेपछि शहर वजारहरु मात्र नभएरक गाउँघरमा समेत मानवीय चहलपहलमा कमी हुन थालेको हो । केही दिन देखि विहान र वेलुकाको समयमा हुस्सु लाग्ने र दिउँसो सामान्य मौषम खुले जस्तो देखिएपनि चिसो हावा लाग्ने गरेका कारण जनजीवन कस्टकर वन्न थालेको छ । मानिसहरुलाई काममा निस्कन पनि समस्या हुन थालेको छ । व्यापार गर्दै आएका व्यापारीहरु जाडोका कारण आगो बालेर ताप्न थालेको तथा पसलमा समेत मानिसहरु आउने क्रम घटेको वताउछन । इटहरीको मुख्य चोक क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीहरु विहानको समयमा आगो तापेर बस्ने थालेका छन । माघ लागेपछि जाडो धेरै बढ्दै गएको व्यापारी किशोर धमला वताउछन ।

जाडो दिनप्रतिदिन बढ्न थालेपछि मौषमी फ्लु लगायतका मानिसहरुमा स्वास्थ्य समस्या समेत देखा पर्न थालेका छन । कोरोनाको तेस्रो लहर बढी रहेको र सुनसरी समेत कोरोना संक्रमण उच्च जोखिममा रहेका कारण समेत बजार पसलहरुमा पछिल्लो केही दिन देखि मानिसहरुको चहलपहल घट्न थालेको समेत अनुमान गरिएको छ । जाडो मौषममा मानिसहरुमा देखा पर्ने रुघाखोकी ज्वरो लगायतका स्वास्थ्य समस्या र कोरोनाको मिल्दोजुल्दो लक्षण हुने गरेका कारण समेत जाडोबाट बच्न पनि मानिसहरु घरवाट बाहिर ननिस्कने तातो झोलिलो खानेकुराहरु खाने गर्न थालेका छन । बजार क्षेत्रमा चिया ,कफि , सुप लगायतका तातो झोलियो खाद्यवस्तुको प्रयोग समेत वढेको छ । त्यसै गरी जाडो बढी रहेको तर्फ मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरुले विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडा वितरण अभियान समेत सञ्चालन गर्न थालेका छन । विशेष गरि जाडोको प्रभाव अन्य मानिस भन्दा बालबालिका , वृद्धवृद्धा ,विरामी र अशक्तहरुमा पर्ने गरेको छ । केही दिन यता देखि पुर्वी पहाडी जिल्लाहरुमा हिउँ पर्दै आएका कारण समेत पुर्वी तराईमा चिसो वढीरहेको छ ।




















