इनरुवा । ठुलो परिमाणमा प्रतिवन्धीत लागु औषध गाँजा भारत तर्फ लैजादै गरेको अवस्थामा तीन जना भारतीय नागरिकलाई सुनसरी प्रहरीले पक्राउ परेको छ ।
बर्जु गाउँपालिका वडा नम्बर ५ बाट भारततर्फ प्रतिवन्धित लागू औषध गाजाँ लैजादै गरेको अवस्थामा विशेष सुराकीका आधारमा खटिएको प्रहरीले एक सय केजी गाँजा सहित भारतीय नागरिकहरु जितेन्द्र राय, मिठ्ठु राय र पंकज महलदार पक्राउ परेका हुन ।
तिन मुहान दक्षिण शाखा नहर डिलको बाटो हुँदै भारत तर्फ गाँजा लैजादै गरेको बिशेष सुराकीको आधारमा तिनमुहान भन्दा दक्षिण शाखा नहरको ७ नम्बर ढोका नजिक जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
पाँच वटा सेतो प्लाष्टिको बोरामा हालेर नहरको ढिलको बाटो भएर भारत तर्फ लैजादै गरेको एक सय केजी गाँजा सहित पक्राउ परेका भारतीय नागरिकहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतमा म्याद थप अनुमति लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान अगाडि वढाएको जनाएको छ ।




















