इटहरी । थारु समुदायको महान पर्व माघे सक्रान्ती अर्थात तिला सक्रान्तीको अघिल्लो दिन  संक्रान्तीमा आवश्यक पर्ने तिल , सख्खर लगायतको सामाग्री किन्नेहरुको बजारमा चहलपहल बढेको छ ।

         माघे संक्रातीलाई लक्षीत गरी  सख्खर ,  तील, तरुल र अन्य उपभोग्य वस्तुहरु किन्नेको चहलपहल अन्य दिनको तुलनामा बढेको हो ।

  पुर्वी नेपालका वजारहरुमा पछिल्लो समयमा सख्खर , तिल , भुजा ,  तरुल लगायतका सामानहरुको विक्री वितरण वढेको छ । माघे संक्रान्तीमा प्रयोग हुने सामाग्रीहरुको वजारमा माग वढेको छ ।

अन्य समयको तुलनामा अहिले  सक्खर,  तील , तरुल लगायतका संक्रान्तीका लागि आवश्यक समानहरु खरिदहरुको चहलपहल वढेको छ   ।

सुनसरीको इटहरी क्षेत्रका तरकारी पसलहरुमा पनि  माघी केन्द्रीत सामान किन्नेहरुको चहलपहल वढेको छ । तरकारी व्यापारीहरुले पहाडी क्षेत्र देखि ल्याएका तरुल ,सिमल तरुल ,वन तरुल , सुडुनी ,इस्कुसका चरा लगायतमा तरकारी जन्यवस्तुहरुको पनि माग बढेको विक्रेता डिना सुवेदीले वताइन ।IMG_0284

उनले यस वर्ष पनि अघिल्लो वर्षकै झै मुल्य रहेको समेत जानकारी दिइन ।

माघे संक्रान्तीमा सख्खर र तिलको लड्डुका साथै चाकु तरुल खाने प्रचलन रहदै आएको छ भने सख्खर मिश्रीत अन्य लड्डुहरु पनि पछिल्लो समयमा वनाउन थालीएपछि सख्खरको माग वढी हुने गरेको छ । तर पछिल्लो समयमा आएर पुर्वी नेपालमा उखुवाट सख्खर वनाउने क्रम घटदै आएको कारण छिमेकी मुलुकहरुवाट समेत सख्खर

आयत गरिने गरिएको छ ।

भारतीय वजारवाट आउने सख्खरहरुका कारण नेपाली सख्खर उत्पादकहरु मारमा परेको सख्खर उत्पादकहरु वताउछन ।

पुर्वी नेपालमा सख्खर उत्पादनमा हस आएपछि अघिल्लो वर्षको तलुनामा सख्खरको मुल्य वढेको छ । अघिल्लो वर्ष इटहरीमा प्रति केजी ८० रुपैया रहेको सख्खर यस वर्ष एक सय देखि एक सय २० रुपैया प्रति केजी पुगेको छ ।

त्यसै गरी अघिल्ला वर्षको तुलनामा यस वर्ष पुर्वी नेपालमा तिल उत्पादनमा समेत हस आएकापछि  गत वर्षको तुलनामा तिलको मुल्य समेत वढेको छ ।

अघिल्लो वर्ष प्रतिकेजी २सय देखि २सय पचास रुपैया केजीमा विक्री भएको तिल यस वर्ष तीन सय देखि ४सय प्रतिकेजी पुगेको छ । यस वर्ष तिल र भुजाको लड्डु तयारी रुपमा विक्रीका लागि समेत राखेको देखियो ।   

    माघे संकान्ती विशेष गरी थारु समुदायले महान पर्वको रुपमा मनाउने गरेका छन भने हिन्दु धर्मालम्वी अन्य समुदायका मानिसहरुले समेत धुमधामका साथ माघे संक्रान्ती मनाउने गरेका छन ।

  तिलका लड्डु , तरुल लगायतका वस्तुहरु खाने परापुर्वकाल देखि परम्परा रहेका कारण माघे संकान्तीको समयमा सख्खर तिल , तरुल लगायतका समानहरुको माग वढी हुने गरेको छ ।